अमेरिका–विश्व स्वास्थय संगठन (डब्लुएचओ) महानिर्देशक टेड्रोस एडहैनम घेब्रेयसले कोविड–१९ भाइरस स्वाइन फलु भन्दा पनि घातक भएकाे बताएका छन् ।
उनले सोमबार एक अनलाइन लाइभमा उनले कोरोना भाइरस स्वाइन फलु भन्दा पनि दस गुना घातक रहेको बताएका हुन । सन् २००९ मा फैलिएको स्वाइनफलुले केही देशलाई चपेटामा पारेको थियो ।
उनले भयावह बन्दै गएको यो कोरोनाको नियन्त्रणका लागी प्रभावकारी भ्याक्सिनको खाचो औलाएका छन् । उनले यो भाइरस दोहोरिएर आउन सक्ने भएकाले यसका लागी भ्याक्सिन छिटो भन्दा छिटो बन्नु पर्ने बताए । अहिले सम्म कोरोनाको कुनै उपचार नभएपछि यसबाट दिनहु हजारौले ज्यान गुमाउन बाध्य भएका छन् ।
कोरोनाबाट अहिले सम्म विश्वमा एक लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । यसको संक्रमण हुने संख्या पनि दिनहु बढीरहेको छ।
सम्बन्धित खवर
-
गायक दुर्गेश थापाले अमेरिकाको ...
-
अमेरिका-अन्तराष्ट्रीय ...





















