अमेरिका– कोरोनाबाट अहिले सम्म विश्वमा १ लाख २३ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
कोरोनाबाट युरोपमा मात्रै ८० हजारको हाराहारीमा ज्यान गइसकेको छ । कोरोनाबाट मर्नेको संख्याको आँकडा अमेरिकामा अत्याधिक छ । अमेरिकामा कोरोनाबाट अहिले सम्म २४ हजार भन्दा बढीले ज्यान गुमाइसकेको अवस्था छ । अमेरिकाको न्युयोर्कमा मात्रै १० हजार बढीले ज्यान गुमाएका छन् । न्युयोर्कमा संक्रमीतको संख्या झण्डै २ लाख छ ।
अमेरिकापछि कोरोनाको चपेटामा दोस्रो नम्बरमा इटली रहेको छ । इटलीमा अहिलेसम्म २१ ह्जार भन्दा बढीको ज्यान गएको छ । यहाँ संक्रमीत १ लाख ६२ हजार बढी छ ।
तेस्रो नम्बरमा स्पेन रहेको छ । स्पेनमा अहिले सम्म १८ हजार बढीको ज्यान गएको छ । संक्रमीतको संख्या १ लाख ७२ हजार बढी छ ।
चौथो नम्बरमा फ्रान्स रहेको छ । फ्रान्समा अहिले सम्म १४ हजार बढीको ज्यान गएको छ । संक्रमीतको संख्या १ लाख ३६ हजार बढी छ । पाचौ नम्बरमा बेलायत रहेको छ । यहाँ  मर्नेको संख्या १२ हजार बढी छ । संक्रमीतको संख्या ९३ हजार बढी पुगेको छ । युरोपका यी देशहरु कोरोनाले पुर्ण प्रभावित छन् ।
कोरोनाभाइरसको महामारी फैलिएको देश चीन मृतकको संख्या धेरै पछाडी छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected