अमेरिका– अ‍ेमामेरिकामा कोरोनाभाइरसबाट मंगलबार एकै दिन २ हजार २ सय २८ जनाको ज्यान गएको छ ।
समाचार एजेन्सीका अनुसार पछिल्लो दुई दिनमा मृतकको सख्या घटेकोको भए पनि मंगलबार मृतकको संख्या हवात्तै बढेको हो । यो भन्दा अगाडी गत अप्रिल दसमा २ हजार १ सय ८ को मृत्यु भएको थियो । अमेरिकामा कोरोनाभाइरस संक्रमणको संख्या बढेर ६ लाख नाघेको छ । अन्ततः चीन र इटलीलाई पन उछिन्दै अमेरिका कोरोनाभाइरस महामारीको केन्द्रविन्दु बनेको छ ।
संक्रमणको संख्या दिनानुदिन बढेर अवस्था भयानक बनिरहदा पनि नियन्त्रणको प्रयास हुन सकेको छैन । संक्रमणको संख्या बढदै जादा यसबाट निको भएका जम्मा ४८ हजार ४ सय ९२ मात्रै छ । मृतकको संख्या यो समाचार तयार पार्दा सम्म २५ हजार ७ सय ६१ पुगेको छ ।
कोरोनाभाइरसको सबै भन्दा प्रभावित अमेरिकाको व्यस्त सहर न्युयोर्क बनेको छ । न्युयोर्कमा अमेरिकाको आधा भन्दा बढी संक्रमणको सख्या भेटिएको छ । न्युयोर्कमै कोरोना संक्रमण २ लाख नाघेको छ । मृतकको संख्या पनि यहा १० हजार ८ सय भन्दा बढी छ । न्युयोर्कमा ३ हजार भन्दा बढीको मुत्यु घरमै भएको न्युयोर्कका मेयरले बताएका छन् ।
अमेरिकामा भने कोराना महामारीले बिकराल रुप लिदै गएको छ । वासिङटन राज्यबाट सानो रुपमा सुरु भएको कोराना अहिले अमेरिकामा डढेलो झै फैलिएर महामारीको मुलुक बनेको छ । यतिका सख्या बढीरहदा पनि अमोरिकामा लक डाउन पुरै हुन सकेको छैन । मानिसहरु बेपर्वाह हिडीरहेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected