के नेपालमा काेराेना कमजाेर भएकै हाे त ?

-सपना अधिकारी
हतियार युद्ध गर्ने शक्तिशाली मुलुकहरु अहिले कोरोना संग लडीरहेका छन् । कोरोनाले सबै राष्ट्रलाई अहिले हल्लाएको छ । यो अदृश्य शक्तिसंग उनिहरु लडन सकेका छैनन । नत लडेर विजय हासिल गर्न नै सकेका छन् ।
अमेरिका युरोप जस्ता विकसित राष्ट्रहरु अहिले कोरोनाको चपेटामा परेका छन् । उनिहरुको युद्ध अहिले कोरोनासंग चलीरहेको छ । अमेरिका जस्तो विश्वकै महाशक्ति राष्ट्र अहिले कोरोनाले थिलोथिलो भएको छ । कोरोनाको इपिसेन्टर नै अहिले अमेरिका भएको छ ।
विश्वका शक्तिशाली राष्ट्रहरु यसरी कोरोनासंग लडीरहदा नेपालमा भने कोरोनाको प्रभाव न्युन छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाएको अवस्था छैन । केही फाटफुट्ट संक्रमण भएका छन् ।
नेपालमा कोरोना नफैलिनुमा कोरोना परीक्षण प्रभावकारी नहुन पनि सक्छ । धेरै व्यक्तिमा यसको परीक्षण हुन सकेको छैन ।
अर्कोतर्फ नेपालीहरुमा सचेतता, दैनिक जीवन खानपीन तथा समुन्द्री बन्दरगाह नहुनु पनि हुन सक्छ । विश्वका धेरै मुलुकमा कोरोना महामारी फैलिएर धेरै मानिसको ज्यान गइरहेको छ । तर नेपालमा भने अहिले कोरोनाको चपेटामा परेको छैन । जुन हामी नेपालीका लागी अत्यन्त सुख्द पक्ष हो । नेपाल सरकारले पनि लक डाउनलाई प्रभावकारी बनाएपछि पनि कोरोना नियन्त्रणमा बल पुगेको छ ।
अहिले नेपालमा देखिएको संक्रमणको घटना सबै विदेशबाट फर्केका नेपालीहरु नै हुन । विभिन्न मुलुकबाट फर्केका नेपालीहरुबाट पछिल्लो संक्रमण देखिएको छ । यसले नेपालमा पनि कोरोनाको जोखिम बढाउदै लगेको छ ।
नेपालमा कोरोना जोखिम कम गराउन यतिबेला सरकारले पनि परीक्षण लाई प्रभावकारी बनाउन लागेको छ । कोरोनाको खतरा कम गराउन स्वास्थ्य मन्त्रालयले पनि दैनिक एक हजारको हाराहारीमा परीक्षण गर्ने लक्ष्य लिएको छ । खास गरी सरकारले विदेशबाट आएका व्यक्तिमा कोरोना परीक्षणलाई पहिलो प्राथमिकतामा राखेको छ । कारण नेपालमा कोरोना विदेशबाट यहा“ आएका व्यक्तिहरुबाटै फैलिएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका व्यक्तिलाई पनि कोरोना परीक्षण गर्ने सरकारको लक्ष्य छ ।
नेपालमा कोरोनाको अवस्था अहिले सम्म सामान्य अवस्था मात्रै रहेको छ । यो अवस्थालाई बढन नदिन सरकार मात्र हैन आम सर्वसाधारण पनि सचेतम हुनु जरुरी छ । छिमेकी मुलुक भारतबाट पनि धेरै प्रवासी नेपालीहरु भित्रिएको अवस्था छ । के कति भित्रिए भन्ने बारेम अहिलेसम्म आधिकारिक तथ्याङक छैन । यसरी भित्रिदा के कति संक्रमित भित्रिए त्यो सबै भन्दा जोखिमको कुरा छ । उनिहरुको अवस्थाको बारेमा पनि खोजी गरिनु अहिलेको टड्कारो आवश्यकता देखिन्छ ।
नेपालमा अहिले कोरोनाको चुनौती विदेशबाट आएका नेपालीहरुबाट थपिएको छ । यसरी आएका नेपालीहरु के कति छन् र कहा“ कहा“ बसेका छन् त्यसको पनि खोजी हुनुपर्छ । भोलि हुने संक्रमणको खतरालाई यसले पनि ठुलो महत्व राख्छ । विश्व स्वास्थ संगठनले पनि बाहिरबाट फर्किनेहरुमा देखिने चरण भनेको छ भने दोस्रो चरणलाई लोकल टावसमिसन भनेको छ । बाहिरबाट आएका व्यक्तिहरुबाटै कोरोना परिवार र समुदायमा फैलिने गरेको छ । पछिल्लो विश्वको उदाहरण दिने हो भने चीनबाट सुरु भएको कोरोना यहीबाट फैलिदै विश्वभरी फैलियो । यसरी फैलिनु भनेको यहा“बाट मानिसहरु अन्यत्र मुलुक भित्रनु र अन्य मुलुकका बासिन्दा चीनको भ्रमण गर्नु रहेको छ । अमेरिकामा कोरोना चीनबाट भित्रिएका लाखौ मानिसहरुबाट फैलिएको भन्दै त्यहा“को न्युयोर्क टाइम्सले पनि लेखेको थियो ।
अहिले यही कोरोनाले विश्वमा हलचल मच्चाएको छ । कोरोना युद्धले विश्व आक्रान्त छ । विश्वमा फैलिएको यो महामारीलाई नेपालले पनि खेलाची गर्नु हुदैन । संक्रमण फैलिएको छैन भनेर हेलचक्रयाई गर्नु हुदैन । अहिले चलेको लकडाउनलाई सबैले परिपालना गर्नुपर्छ । यस्तो बेला सबैले सचेतना अपनाउनै पर्छ । नेपालमा मात्र हैन संसारभर छरिएर रहेका नेपालीहरुले आत्मविश्वास जगाएर यो कोरोनालाई परास्त गर्नुपर्छ । यो कोरोना अहिले सबै मानव जातीको दुस्मन बनेर खडा भएको छ ।
कोरोना महामारीको यो जटील अवस्थामा विरामीको हेरचाह र उपचारमा खटिने चिकित्साकर्मिका लागी उचित व्यक्तिगत सुरक्षा उपकरण (पीपिई) र पर्याप्त सुरक्षा प्रवन्ध हुनुपर्छ । यो भएमा मात्र विरामीको परीक्षण, हेरचाह र उपचार गर्न संभव हुन्छ । अहिले अवस्थामा सबैले आफु पनि जोगिने र अरुलाई पनि जोगाउने बेला हो । सामाजिक दुरी कायम गदै कोरोनासंग लडने क्षमता आम नेपालीमा मिलोस, मेरो शुभेच्छा ।