अमेरिका– संयुक्त राष्ट्र संघका महासचिव अंतोनियो गुतरेसले विश्व स्वास्थय संगठन (डब्लुएचओ) लाई अमेरिकाले रोकेको सहयोग प्रति आलोचना गरेका छन् ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्थिक सहायता रोक्ने बताएपछि उनले त्यसको आलोचना गरेका हुन । उनले कोरोनाको यो लडाईमा अहिले सहायता रोक्ने समय नभएको प्रतिकृया दिएका छन् । उनले भने– ‘ विश्व स्वास्थय संगठन जो मानव जातीको सहायतामा जुटीरहेको अवस्थामा आर्थिक मदत रोक्नु जायज हैन ।’
उनले यो कठिन घडीमा डब्लुएचओलाई सबैले सहयोग गर्नु पर्ने समेत प्रष्टाएका छन् ।
ट्रम्पको यो निर्णयलाई युरोपीय युनियनले पनि यसको आलोचना गरेको छ । त्यस्तै चीनले समेत डब्लुएचओलाई आर्थिक सहायता नरोक्न अमेरिकालाई अपिल गरेको छ । अन्य विभिन्न मुलुकहरुले पनि ट्रम्पको यो निर्णयलाई आलोचना गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected