अमेरिका सरकारले प्रदान गरेको १२०० डलर राहत रकम धमाधम खातामा जम्मा हुदै
अमेरिका– अमेरिकी सरकारले कोरोना प्रभावित लाई दिने भनेको राहत रकम धमाधम बैंक खातामा जम्मा हुन थालेको छ ।
आइआरएसले मंगलबार देखि राहत रकम करदाता अमेरिकनहरुको खातामा जम्मा गर्न सुरु गरेको हो । पहिलो लटमा ७५ हजार भन्दा कम आम्दानी हुने परिवारलाई प्रति व्यक्ति १२ सय डलर सहयोग प्रदान गरेको हो । १७ वर्ष भन्दा कम उमेर भएका सन्तानको हकमा भने प्रति सन्तान ५ सय डलर प्रदान गरेको छ । यस्तै वार्षिक १ लाख ५० हजार भन्दा कम आम्दानी हुने दम्पत्तीले पाउने २४ डलर पनि जम्मा हुन थालेको छ ।
बैकं खाता नदिएकाहरुलाई पनि मेलमा चेक पठाउने व्यवस्था गरेको छ । चेक आइपुग्न भने २० साता पनि लाग्न सक्ने आइआर एसले जनाएको छ ।
ट्याक्स फ्याल नगरेकालाई पनि आइआरएसले नया व्यवस्था गरेको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...