साथीले खाना खुवाएर सुताएका कोराना संक्रमीत मल्लको बिहान निधन

अमेरिका– उनलाई खोक्दा पनि निकै द्यौ हुन्थयो । न्युयोर्कमा बस्दै आएका युवा पवन मल्ल कोरोनाबाट संक्रमीत भएपछि संगै बस्ने साथीले हेरचाह गदै आएका थिए । केही साता देखि उनी बिरामी पनि थिए । अस्पताल नगई घरमै आइसोलेसनमा बसेका थिए ।
राती एघार बजे संगै बस्ने साथीले खाना बनाएर खुवाएका थिए– मेरिल्यान्ड राज्यका डेलिगेट ह्यारी भण्डारीले मृतकका साथीको भनाई उद्धृत गदै भने– राती साथी बनाएको खाना खाएर सुतेका उनको बिहान दुख्द निधन भएछ ।’
उनले यो ज्यादै नै दुखको कुरा भएको बताए । उनको शबलाई “स्थानिय सरकारबाट लिएर गएको भण्डारीले बताए । उनले अस्पताल नगई घरमै बसेर स्वाथ्यलाभ गरिरहेका थिए । उनी उडसाईडमा बस्दै आएका थिए ।
एक दुई दिन यता उनलाई खोक्न गारो हुने र सास फेर्न पनि मुस्किल हुदै गएको उनका निकट साथीले बताए । झण्डै सात वर्ष अघि अमेरिका आएका मल्लका परिवार भने नेपालमा रहेका छन् । उनी नेपालमा रहदा नेपाल प्रहरीमा कार्यरत रहेको बताईन्छ । लामो समय सम्म उनको मृत्यु पृष्ठि नभए पनि डेलिगेट भण्डारीले पुष्टि गरेका छन् ।
उनले केही साता अघि न्युयोर्कको एक अस्पतालमा मृत्यु भएको विष्णु राईको पनि आज पृष्ठि भएको जानकारी दिएका छन् । यसबारे आम नेपाली समुदाय भने बेखबर दिए ।
अमेरिकाको न्युयोर्क तथा बाल्टीमोर गरेर अमेरिकामा ८ जनाको ज्यान गइसकेको छ । केहीको कोरोनाबाट मुत्यु भए पनि अन्य के कारणले भनेर परिवारले सार्वजनिक गरेका छैनन ।