अमेरिका– अमेरिकामा कोरोना महामारी झनै बढेर उग्र रुप लिइरहेको छ । शक्तिशाली राष्ट्र अमेरिका यतिबेला कोरोनाले कमजोर बनेको छ । बुधबार मात्रै २४ घन्टामा २५६९ को ज्यान गएको छ ।
जोन्स हापिकिन्स विश्वविद्यालय कोरोनाभाइरस सेन्टर द्धारा जारी गरिएको तथ्याङक अनुसार पछिल्लो २४ घन्टामा यतिकमा संख्यामा मुत्यु भएको हो । यति धेरै मुत्यु विश्वको कुनै पनि मुलुकमा यो समयावधिमा भएको छैन ।
अमेरिकामा अहिले सम्म ६ लाख ४३ हजार हजार भन्दा बढी संक्रमीत पुगेका छन् । अहिले सम्म मर्नेहरुको संख्या २८ हजार बढी पुगेको छ । न्युयोर्कमा मात्रै ११ हजार भन्दा बढीको ज्यान गएको छ । संक्रमीतहरुको संख्या २ लाख भन्दा बढी छ ।
विश्वमै धेरै कोरोनाको परीक्षण गर्ने मुलुकमा अमेरिका पर्छ । यही भएर पनि संक्रमण हुनेहरुको संख्या बढीरहेको छ ।
एक आ“कडा अनुसार अहिले सम्म अमेरिकामा ३२ लाख भन्दा बढीको कोरोना परीक्षण गरिएको छ ।
चीनको बुहाानबाट सुरु भएको कोरोनाबाट अहिले सम्म एक लाख ३६ हजार भन्दा बढीको ज्यान गएको छ । संक्रमीत हुनेहरुको संख्या २० लाख नाघेको छ । अमेरिका, युरोप र बेलायत पछिल्लो क्रममा कोरोनाको चपेटामा परेका छन् । चीन भने कोरोनाबाट पछिल्लो क्रममा तग्रीएर आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected