अमेरिका– यतिबेला कोरोनाको महामारील युरोप अमेरिका लगायतका मुलुकहरु अस्तव्यस्त बनेका छन् ।

सुरुवाती चरणमा चीनमा देखिएको यो भाइरस अहिले चीनमा हराइसकेको अवस्था छ । पछिल्लो क्रममा धेरैतिर यसलाई चीनको बुहानको ल्याबमा तयार भएको कोरोना भनेर टिकाटिप्पणीहरु पनि भइरहेको छ । अहिले कोरोनाको महामारीको ठुलो चपेटामा अमेरिका परेको छ । यहा“ मृतक र संक्रमीत हुनेको संख्या विश्वकै सबै भन्दा धेरै छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना चीनकै बुहान सहरको ल्याबमा बनेको थियो त भन्ने बारेमा पत्ता लगाउने काम भइरहेको बताएका छन् । अमेरिकी विदेश मन्त्री माइक पोपियो ले पनि यसबारेमा चीनले सत्यतथ्य खुलाउनु पर्ने बताइरहेका छन् ।

त्यसोत वाइट हाउसमा भएको एक पत्रकार भेटघाटमा बुहानकै ल्याबमा कोरोना बनेको हो त भन्ने पत्रकारद्धारा राखिएको जिज्ञासामा समेत राष्ट्रपति ट्रम्पले यसबारेमा आफुलाई सबै थाहा भए र गहिरो छानवीन समेत गरिरहेको जवाफ दिएका थिए ।

यस अघि गएको फेबु्रअरी महिनामा चीनले बुहानको प्रयोगशालामा कोरोना बनाइएको विषयमा भने खण्डन गरेको थियो । अमेरिकी विदेश मन्त्री पोपियोले एक अमेरिकन टेलिभिजनमा दिएको अन्तवार्तामा भने चीनकै बुहान सहरमै कोरोना बनाइएको प्रतिकृया दिएका थिए ।

अब यसबारेमा चीन सरकारले अहिले सम्म केही टिप्पणी गरेको छैन । यो विषयमा चीन सरकारले सबैलाई स्पष्ट जवाफ भने दिनैपर्छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भने बेला बेलामा चीन माथि सवाल उठाउदै आएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected