अमेरिका– न्युयोर्कमा फेरी एक नेपालीको कोरोना संक्रमणबाट दुख्द निधन भएको छ ।

न्युयोर्कको रिजउडमा बस्दै आएका ७० वर्षिय महेश अमात्यको निधन भएको हो । अमात्यको बिहीबार बिहान न्युयोर्कको जमैका स्थित अस्पतालमा निधन भएको स्थानिय समाजले जनाएको छ ।

िउनको सहयोगका लागी रिजउड नेपाली समाजले गोफन्ड खोलेर आर्थिक सहयोग संकलन समेत सुरु गरेको छ ।

अमेरिकाको अति प्रभावित न्युयोर्क सहरमा अहिले सम्म ८ जना नेपालीको निधन भएको छ । त्यस्तै बाल्टीमोरमा एक जनाको निधन भएको छ । बुधबार हिजो मात्रै न्युयोर्कमा पवन मल्लको निधन भएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected