अमेरिका–अमेरिकामा कोरोना महामारी फैलिदै गएपनि जारी रहेको लकडाउन खोल्ने तयारीमा राष्ट्रपति ट्रम्प जुटेका छन् ।
राष्ट्रपति ट्रम्पले अमेरिकाका राज्यहरुमा लकडाउन खुलाउन तीन चरणको योजना अघि सादै जुटेका हुन ।
राष्ट्रपति ट्रम्पले ‘ओपनिंङ अप अमेरिका’ नामक दस्तावेज आफना राज्य सरकारसंग संग प्रस्तुत गरेका छन् । उनले राज्यलाई चरणवद्ध तरिकाले खोल्न कोरोनाको भाइरसको मामला तथा पोजेटिभ टेस्ट को गतिविधीलाई कम गर्नुपर्ने छ । उनले राज्य सरकारलाई चरणवद्ध रुपमा खोल्न अनुमति दिएका छन् ।
उनले अनुमति दिए पनि न्युयोर्क, न्युजर्सि, पेन्सलभेनिया लगायतका केही राज्यका गर्भनरहरुले भने एक महिनालाई लकडाउनको अवधि बढाएका छन् ।
अमेरिकाका ९ राज्यमा कोरोनाको संक्रमण एक हजार भन्दा कम रहेका छन् । वाइट हाउसको टाक्स फोर्सले अमेरिकाको ९ राज्यमा कोरोनाको एक हजार भन्दा कम घटना रहेको बताएको छ । यी राज्यमा दैनिक ३० भन्दा कमको नया संक्रमण रहेको छ

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected