काठमान्डौ– नेपालमा पनि शुक्रबार एकै दिन १४ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य मन्त्रालयले १३ जना पुरुष र १ महिलामा संक्रमण पृष्टि भएको जनाएका हो । यो संगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३० पुगेको छ । स्वास्थय मन्त्रालयले कोरोना संक्रमण सम्बन्धी सुचना संप्रेषण गर्न संचालन गरेको भाइबर गु्रपमा यो अपडेट गरेको हो ।
शुक्रबार भेटिएका नया १४ जना संक्रमीत मध्ये उदयपुरमा भेटिएका १२ पुरुष र चितवनमा एक पुरुष र एक महिला रहेका छन् । उदयपुरमा भेटिएका १२ जना सबै भारतीय नागरिक रहेको बताइएको छ ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...