–रन्जु मार्ग
ऊनी भन्छन् —
विश्वास गर मलाई
अनि म देखिनेछु …
तर मान्छेहरु भन्छन् –
देखाऊ मलाई
अनि मात्र विश्वास गर्नेछु !
ऊनी भन्छन् –
देऊ मलाई तिम्रा आशाहरु,
सपनाहरु ,
इच्छाहरु !
चाख मलाई
त्यो तिमी भित्रको सत्त्यताद्वारा ,
ईमान्दारिताद्वारा !
बिसाउ त्यो आत्मालाई मेरो नजिक ,
अनि हेर -तिम्रा ती सुन्दर आँखाहरुले ,
‘म’ तिमी भित्रै जग्मगाईरहेको हुनेछु !!
–अमेरिका
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...