–बैकुण्ठ राज आचार्य

१.

लक डाउन

कोरोनाको कहर

बाँचे भेटौला

२.

सुनसान छ

चार जना देखिए

प्रहरी आयो

३.

काग करायो

भोक लागेको होला

होटेल बन्द

४.

मान्छे भोकै छ

फेसबुकमा मोमो

सोचाई कस्तो !

५.

कुकुर भुक्यो

सुनसान गल्लीमा

टोलको दादा

६.

सुनौलो बिहानी

चराहरुले  गाए

प्रकृतिको गीत

७.

मेघ गर्जन

पर कुकुर भुक्यो

बिजुली गयो

८.

सावुन पानी

लक डाउन बढ्यो

ज्यान बचायौं

९.

टोल एउटै

भेटन पाइएन

लक डाउन

१०.

साँझ पर्दैछ

आफु जहाँको त्यहिँ

चराले बुझ्यो ।।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected