अमेरिका–विश्वव्यापी महामारी बनेको कोरोनाभाइरस संक्रमणबाट विश्वभरी २९ जना नेपालीको मुत्यु भएको छ ।
गैरआवासिय नेपाली संघको स्वास्थय समितिले राखेको तथ्याङक अनुसार २८ जना मृतकको संख्या सार्वजनिक गरे पनि थप एक जनाको मुत्युसंग २९ पुगेको हो ।
नेरदरल्यान्ड निवासी म्याग्दी घर भएकी ४० वर्षिया लक्ष्मी भट्टचनको मुत्यु संगै गैरआवासिय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोविड–१९ अन्तर्गतको स्वास्थ्य समितिले गैरआवासिय नेपालीले पछिल्लो क्रममा तथ्याङक राख्दै आएको छ ।
कोरोना संक्रमणबाट अमेरिका र बेलायतमा रहेका नेपालीहरु बढी प्रभावित बनेका छन् । समितिले अमेरिकामा ८ जनाको मुत्यु भएको तथ्याङक राखकेको छ । अमेरिकामा थप एक जनाको मुत्यु भए पनि उनको नाम सार्वजनिक गरिएको छैन । बेलायतमा १७ जनाको ज्यान गएको छ । बेलायतमा ज्यान जाने अधिंकाश भुपु नेपाली गोर्खा सैनिक रहेका छन् । यो संगै आयारल्यान्ड , नेदरल्यान्ड, युएई लगायतका मुलुकहरुमा नेपालीको मुत्यु भएको समाचार छ । अमेरिकामा ७ सय भन्दा बढी संक्रमीत भएको भनिए पनि आधिकारिक तथ्याङक आएको छैन । कतिपय निको भइसकेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected