अमेरिकी अध्यागमन अस्थायी रुपमा बन्द गर्ने राष्ट्रपति ट्रम्पको घोषणा

अमेरिका-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अध्यागमनलाई निश्चित समयका लागी बन्द गर्ने घोषणा गरेका छन् ।
सोमबार राती अबेर ट्वीट गदै उनले अस्थायी रुपमा अमेरिकी अध्यागमन हाललाई स्थगित गर्ने घोषणा गरेको घोषणा गरेका हुन । उनले कोरोना महामारीका कारण आर्थिक तथा स्वास्थ्य प्रभावलाई मध्यनजर राख्दै कार्यकारी आदेशमा हस्ताक्षर गर्न लागेको समेत उल्लेख गरेका छन् ।
एनले ट्वीटमा भनेका छन्– यो अदृश्य शक्तिको आक्रमणबाट अमेरिकी नागरिकहरुको जागीर जोगाउनुपर्ने आवश्यकतालाई हेरेर अमेरिकामा अध्यागनमालाई अस्थायी रुपमा लिलम्बन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु ।
उनले अध्यागमन कहिले सम्मका लागी निलम्बन गर्ने तथा अमेरिकी सिमा क्रसिङको संचालनमा र ग्रिन कार्ड भएका व्यक्तिहरुमा कस्तो असर पार्दछ त्यो भने स्पष्ट छैन ।
वाइट हाउसले सोमबार साझ कार्यकारी आदेशको बारेमा थप जानकारी दिन इन्कार गरेको भन्दै सिएनएनले लेखेको छ । यसबारेमा होमल्यान्ड सेक्रयुटीले केही टिप्पणी गरेको छैन ।
कोरोनाभाइरस र यसको असरलाई कम गर्न अध्यागमनमा ठुलो रुपमा अमेरिकी सरकारले कठौती गर्न लागीरहेको छ । शरणार्थि पुर्नवासम रोक लगाइएको छ । भिसा कार्यालयहरु प्राय बन्द छन् । र नागरिकताको गतिविधी ठप्पै छन् । ट्रम्प्ले सोमबार सबै विवरण प्रस्तुत गरेका छैनन । उनि अध्यागनलाई पुर्ण प्रतिबन्धित गर्ने तयारीमा रहेको स्रोतले बताएको छ ।