अमेरिका– कोरोनाभाइरसको चपेटामा अहिले सबै भन्दा बढी अमेरिका प्रभावित बनेको छ । यहा“ दिनप्रतिदिन मृतक र संक्रमण हुनेको संख्या बढीरहेको देखिन्छ । अहिले अमेरिकामा कोरोना संक्रमीत ८ लाख नाघेको छ भने मृतकको संख्या ४८ हजार  माथि पुगेको छ । अमेरिकाको पनि अहिले कोरोनाको केन्द्र न्युयोर्क सहर बनेको छ । न्युयोर्कमा मात्रै अहिले सम्म १८ हजार भन्दा बढीको ज्यान गइसकेको छ भने यहा“ संक्रमीत हुनेको संख्या २ लाख ५३ हजार भन्दा बढी छ ।
गत डिसेम्बर महिनामा पहिलो पटक चीनको बुहानमा कोरोना भाइरस पहिलो पटक शुरुवात भएको थियो ।

विश्वमै पहिलो पटक चीनमा यो भाइरस देखिएको हो । चीनबाट फैलिएको कोरोना अहिले त्यहा“ भने नियन्त्रणमा आइसकेको छ । तर चीनबाट सुरु भएको यो भाइरसले अहिले विश्वमै महामारी बनेको छ । यो भाइरस अहिले अमेरिका विश्वकै ठुलो प्रभावित मुलुक बनेको छ । चीनबाट झण्डै १२ हजार किमि दुरीमा रहेको

अमेरिकाको न्युयोर्क सहर अहिले कोरोनाको चपेटामा परेको छ ।
गत डिसेम्बर ३१ म चीनले धेरै मानिसहरु यो रोगले ग्रस्त भएको स्वीकार गरेको थियो । यसपछि चीनमा कोरोना फैलिन थाल्यो । यो लगत्तै गत जनवरी ७ मा चीनको स्वास्थ्य विभागले यसलाई नोबल कोरोनाभाइरस भएको बताउदै यसको कारण एक व्यक्तिबाट अर्कोमा यसको संक्रमण भइरहेको स्पष्टोक्ति दिएको थियो । यसपछि अमेरिकाको बासिङटनमा पहिलो पटक जनवरी १९ मा एक ३५ वर्षिय व्यक्ति स्नोमिस काउन्टीको अर्जेन्ट केयरमा पुगेका थिए । यी व्यक्ति केही दिन अगाडी मात्र चीनको बुहानबाट फर्किएका थिए । फर्किएको चार दिनपछि उनलाई रुघा खोकी ज्वरो आएको थियो ।
सुरुवाती चरणमा यिनलाई परीक्षण गर्दा कोरोनाको कुनै लक्षण देखिएको थिएन । परीक्षणको नतिजा समेत नेगेटिभ आएको थियो । यसपछि पनि उनलाई चिकित्सकहरुको निगरानीमा राखिएको थियो । तर २० जनवरीमा फेरी सेन्टर फर डिजिज कन्ट्रोलले उनमा कोरोना पोजेटिभ भएको पृष्ठि गरेको थियो । सुरुवातमा अमेरिकाको अति प्रभावित राज्य मानिएको वासिङटन अहिले कोरोनाबाट प्रभावित १४ औ राज्यको सुचीमा छ । अहिले सम्म यहा“ ६५८ जनाको ज्यान गएको छ भने १२ हजार भन्दा बढी संक्रमीत भेटिएका छन् । गत मार्च २२ मा राष्ट्रपति ट्रम्पले यहा“ आपतकाल घोषणा गरेका थिए । गर्भनरले पनि घरबाट बाहिर ननिस्कन प्रतिबन्ध गरेका थिए । यो प्रतिबन्ध पछि मे चार सम्मका लागी बढाइएको थियो ।

बसिङटनबाट सुरु भएको कोरोना महामारी अहिले अमेरिकाको न्युयोर्कलाई नराम्रोसंग गाजेको छ । न्युयोर्कमा मार्च १ मा कोरोना भाइरसको पहिलो संक्रमण भेटिएको थियो । ३९ वर्षिया महिला स्वास्थ कार्यकर्ता थिइन । उनी इरानबाट फर्केपछि उनमा कोरोना पोजेटिभ पाइएको थियो । यी महिला न्युयोर्कको म्यानहटन निवासी थिइन । यसको ठ्याक्कै ६ दिनपछि न्युयोर्कका गर्भनरले स्टेट इर्मजेन्सीकमो घोषणा गरेका थिए । ११ मार्चमा यहा“को सबै स्कुल र कलेज पनि बन्द गरिएको थियो । फेरी १३ मार्चमा गर्भनरले भीडभाड जम्मा हुनुबाट समेत प्रतिबन्ध लगाएका थिए ।

न्युयोर्कमा यसपछि बिस्तारै कोरोनाको संक्रमण बढन थाल्यो । १४ मार्चमा न्युयोर्कमा कोरोनाबाट दुई जना ज्यान गएको थियो । त्यसलगत्तै १५ मार्चमा तेस्रो व्यक्तिको मुत्यु भएको थियो । यसरी मर्ने तीनै जना ६० वर्ष भन्दा माथिका थिए । मार्च १७ सम्म यहा“ कोरोनाको १ हजार ३ सय ७४ संक्रमीत भइसकेका थिए । यो संगै न्युयोर्कमा गुना चौगुनाले कोरोनाको महामारी फैलिन थाल्यो ।

अमेरिकामा १९ जनवरीमा कोरोनाको पहिलो संक्रमण भेटिएको थियो । तर अहिले अमेरिकामा कोरोना संक्रमीतको संख्या ८ लाख नाघीसकेको छ ।

(एजेन्सीको सहयोगमा)

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected