अमेरिका– कोरोनाको कहरले मानिसमा संक्रमण तिव्र रुपमा फैलिरहेको छ । तर अमेरिकाको न्युयोर्कको चिडियाखानामा फेरी चार वटा र तीनवटा सिंह मा कोरोना संक्रमण फेला परेको छ । न्युयोर्क स्थित बोरनोक्स जु मा यस्तो संक्रमण भेटिएको हो । अधिकारी अनुसार यहा“का आठ जनवारमा कोरोना पोजेटिभ भेटिएको छ ।
बन्यजन्तु संरक्षण सोसाइटी का अनुसार पहिलो पटक गत पा“च अप्रिलमा सबै भन्दा पहिलो एउटा वाघमा कोरोना संक्रमण भएको थियो । यस पछि फेरी चार वाघ र तीन वटा सिंहमा संक्रमण फैलिएको छ ।
यो संगै अन्य केही जनवारमा पनि खोकीको लक्षण देखिन थालेको सोसाइटीले जनाएको छ । अहिले त्यहा“का सबै जनवारमा परीक्षण सुरु गरिएको छ । सोसाइटीका अनुसार चिडियाघरमा रहेका ८ बिरालो प्रजातिका जीव सकुशल रहेको बताइएको छ । बाघ र सिंहमा कोरोना देखिएपछि सावधानी बढेर गएको छ।
चीनको बुहानबाट सुरु भएको कोरोना बिस्तारै बिस्तारै जनवारमा पनि फैलिन थालेको छ । यो भाइरसले संसारभरी सबै प्रभावित छन् । न्युयोर्क सबै भन्दा बढी प्रभावित छ । विश्वमा संक्रमण र मृतकको संख्या पनि न्युयोर्कमा उच्च रहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected