अमेरिकामा कोरानोबाट मुत्यु ५१ हजार नाघ्यो ,एकै दिन ३ हजार बढीको मुत्यु

अमेरिका– अमेरिकामा कोरोनाको महामारी गुना चौगुनाले बढीरहेको छ । बिहीबारको तथ्याङक अनुसार यहा“ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५१ हजार नाघिसकेको छ । यहा“ संक्रमीत हुनेको संख्या ९ लाख भन्दा बढी पुगेको छ । एकै दिन संक्रमीत पनि ३४ हजार भन्दा बढी रहेको छ । ह
संक्रमणको संख्या दिनानुदिन बढेर अवस्था भयानक बनिरहदा पनि नियन्त्रणको प्रयास हुन सकेको छैन । संक्रमणको संख्या बढदै जादा यसबाट निको भएका जम्मा ५० हजार मात्रै छ
कोरोनाभाइरसको सबै भन्दा प्रभावित अमेरिकाको व्यस्त सहर न्युयोर्क बनेको छ । न्युयोर्कमा अमेरिकाको आधा भन्दा बढी संक्रमणको सख्या भेटिएको छ । न्युयोर्कमै कोरोना संक्रमण २ लाख ७१ ह्जार नाघेको छ । मृतकको संख्या पनि यहा २० हजार ९ सय भन्दा बढी छ । न्युयोर्कमा ३ हजार भन्दा बढीको मुत्यु घरमै भएको न्युयोर्कका मेयरले बताएका छन् ।
अमेरिकामा भने कोराना महामारीले बिकराल रुप लिदै गएको छ । वासिङटन राज्यबाट सानो रुपमा सुरु भएको कोराना अहिले अमेरिकामा डढेलो झै फैलिएर महामारीको मुलुक बनेको छ । यतिका सख्या बढीरहदा पनि अमोरिकामा लक डाउन पुरै हुन सकेको छैन । मानिसहरु बेपर्वाह हिडीरहेका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...