अमेरिका– कोविड–१९ भएकाहरुको उपचारका लागी अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा नया र कम मुल्यको हाइप्रेसर भेन्टिलेटर बनाएको छ । सहज तरिकाले निर्माण गरिएको उक्त उपकरणको नाम नासाका इन्जिनियरहरुले वाइटल नाम दिएका छन । यो भेन्टिलेटर कोरानाको सामान्य लक्षण देखिने बिरामीका लागी तयार पारिएको हो ।
नासाले बनाएको भेन्टिलेटर गत अप्रिल २१ बट नोवल कोरोना भाइरस संक्रमण केन्द्र रहेको न्युयोर्कको माउन्ट सिन्नाई स्थित इन्हान स्कुल अफ मेडिसनमा सबै परीक्षणमा खरो रुपमा उर्तिएको छ ।
नासाले यो भेन्टिलेटर आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने बारेमा पनि समिक्षा गरिरहेको छ । यो भेन्टिलेटरले सामान्य लक्षण भएका बिरामीका लागी प्रयोग गरिनेछ जसले गर्दा अमेरिकामा सिमित मात्रमा रहेको परम्परागत भेन्टिलेटरलाई गंभीर बिरामीका लागी सुरक्षीत राख्न सकिने जनाइएको छ।
नासाका मेडिकल अफिसर जेडी पोल्कले वाइटल भेन्टिलेटर परम्परागत भेन्टिलेटरको सामना गर्न धेरै सस्तो हुनेछ । वाइटल भेन्टिलेटर निर्माण तिब्र रुपमा हुनेछ र यसमा कम उपकरणको आवश्यकता पर्नेछ ।यही कारण पनि यो सस्तो पर्नेछ ।
यो भेन्टिलेटरको प्रयोगले बिरामीलाई गंभीर अवस्थामा पुग्न रोक्नेछ । बिरामी पहिल्यै ठिक हुने भएकाले गंभीर अवस्थामा पुग्ने यो भेन्टिलेटरले सहयोग पुग्नेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected