विश्व अर्थतन्त्रलाई चुनौती दिने चीनलाई अमेरिकाले दियाे चेतावनी

अमेरिका– अमेरिकाले कोरोना महामारीका लागी चीनलाई दोषी ठहराएको छ । अमेरिकी विदेश मन्त्री माइक पोपियोले यसले विश्व अर्थव्यवस्था मै चुनौती दिएको आरोप लगाएका छन् । उनले महामारीले अमेरिकी अर्थव्यवस्थालाई चुनौती पैदा गराइदिएको समेत बताए ।
उनले चीनले आफु संग भएको सुचना सार्वजनिक नगरेको भन्दै त्यसको ठुलो मुल्य चुकाउनु पर्ने चेतावनी दिए ।
उनले अमेरिकाले चीनसग असली कोरोना भाइरसको नमुना हासिल गर्न प्रयास गरिरहेको जानकारी दिएका छन् । कोरोना संक्रमणलाई लिएर अहिले धेरै प्रश्नहरु भने अनुत्तरित रहेको छ ।
विदेशमन्त्री पोपियोवे फक्स न्युज संगको साक्षात्कारमा चीनको कम्युनिष्ट पार्टिले यहा“ जे गरेको छ त्यसको मुल्य अवश्य पनि चुकाउनुपर्ने हुन्छ । उनले यो समय अमेरिकाको ध्यान चीनमा नै केन्द्रित रहेको बताएका छन् । उनले अमेरिकी प्रशासनको पुरा ध्यान कोरोना भाइरस नियन्त्रण र अमेरिकी अर्थव्यवस्थालाई मजबुत पार्नु रहेको छ । उनले चीनमा उत्पन्न भाइरसले नै अमेरिकी नागरिकको ज्यान जानुको साथै अर्थतन्त्र धराशयी भएको आरोप लगाए ।
कोरोनाभाइरस संक्रमणलाई लिएर अमेरिका संग विश्वभरका मुलुकहरुले दबाब दिइरहेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोना बुहानको बायोलोजी प्रयोगशालाबाट निक्लेको बारेमा आएको तथ्यलाई खोजी गर्ने प्रयासमा समेत लागेका छन् ।