––बैकुण्ठ राज आचार्य
१.
चिसो बिहानी
मालरोड सम्झिएँ
राम्री शिमला
२.
आँखै आँखामा
आइरहने तिमी
प्यारी पोखरा
३.
तिम्रो तस्विर –
नबोलेर के भो र !
जीवन साथी
४.
पहिलो प्रेम –
बगिरहने खोला
किनारमा म
५.
मनले सम्झ्यो–
पुराना दिनहरु
गुमेको रत्न
६.
पानीको भाँडो
आधा रित्तो कि भरि?
आफ्नै समझ !
७.
उनी आईन –
आज राति स्वप्नमा
मायाको डोरी
८.
भिजेको चरो –
ओत खोज्दै उड्छ
जीवन रक्षा
९.
आकाश उघ्य्रो –
सेता बादल आए
दन्त मुस्कान
१०.
मध्यरातमा –
बिरालाहरु लडे
कुकुर भुक्यो
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...