––बैकुण्ठ राज आचार्य

१.

चिसो बिहानी

मालरोड सम्झिएँ

राम्री शिमला

२.

आँखै आँखामा

आइरहने तिमी

प्यारी पोखरा

३.

तिम्रो तस्विर –

नबोलेर के भो र !

जीवन साथी

४.

पहिलो प्रेम –

बगिरहने खोला

किनारमा म

५.

मनले सम्झ्यो–

पुराना दिनहरु

गुमेको रत्न

६.

पानीको भाँडो

आधा रित्तो कि भरि?

आफ्नै समझ !

७.

उनी आईन –

आज राति स्वप्नमा

मायाको डोरी

८.

भिजेको चरो –

ओत खोज्दै उड्छ

जीवन रक्षा

९.

आकाश उघ्य्रो –

सेता बादल आए

दन्त मुस्कान

१०.

मध्यरातमा –

बिरालाहरु लडे

कुकुर भुक्यो

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected