कुनै बेला हाम्रो देश नेपाल कृषिको लागि उर्बराभुमी मानिन्थ्यो र लोभ लाग्दो अन्न उब्जनी  पनि हुन्थ्यो ।तर अहिले बढ्डो शहरीकरण  र रासायनिक  मलको प्रयोगले कृषिमा सोचे जस्तो लाभ भने लिन सकेको छैन ।यतिबेला फेरी आफ्नो ठाउँ आँफै बनाउ भन्ने अभियानमा प्रदेश सरकार कम्मर कसेर  लागि परेको छ ।  यसै   क्रममा प्रदेश न ३ का भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री  दावा दोर्जे लामा ,मध्यपुर ठिमी नगरपालिका मेयर मदन श्रेष्ठ लागयत  एक जम्बो टोली  जापानको आधुनिक कृषि प्रणाली सम्बन्धी अध्ययन भर्मणमा जापान आएका छन । 

     भर्मणमा रहेका मन्त्री लगायतका बिशेष ब्यतित्वहरुले जापानको मिए प्रान्तको टोबा शहरले सन्चालनमा ल्याएको रिसाईकल पार्क तथा  आधुनिक कृषि प्रबिधी सम्बन्धी अध्ययन भर्मण  गरेका  छन ।  साथै जापानका बिभिन्न शहरमा रहेको नेपाली समुदायहरुसँग भेटघाट तथा अन्तर्कृया गरिरहेका छन्     एन आर एन ए नागोया क्षेत्रको आयोजनामा गत बुधवार नागोयाको माछापुछ्रे रेष्टुरेन्टमा  बिशेष भेटघाट तथा अन्तकृया कार्यक्रम राखिएको थियो । उक्त भेटमा मन्त्री लामाले भने -‘हामी जापानको आधुनिक कृषि प्रणाली र प्रबिधी सिक्नको लागि  जापान आएका हौ ।’केही प्रबिधी र प्राबिधिक  लिएर फकदै छौ  ।अब मान्छेले फालेको फोहारलाई संकलन  गरी अर्गानिक  मल बनाउछौ  र त्यसबाट अर्गानिक उब्जनी गर्छौ  जसको प्रयोगबाट हामी स्वस्थकर जिबन बिताउन सकिनुका साथै रोजगारीको पनि सृजना गर्न सकिने भएकोले हामी आधुनिक  र अर्गानिक कृषि   अभियानमा लागि रहेका छौ। अहिले मध्यपुर  ठिमी नगरपालिकामा अर्गानिक कम्पोस्ट मल बनाउन सरु गरिसकेको र अब राप्ती नगरपालिका  हुँदै देशका सबै प्रदेशका प्रदेश सरकार सँग सहकार्य गरी देशैभर बिस्तार गर्ने अभियानमा रहेको जानकारी दिएका छन ।  

     मन्त्री संगै  जापान भर्मणमा रहेका मेयर  श्रेष्ठले पनि   नेपाल कै पहिलो पटक आफ्नो  ठिमी नगरपालिकामा जापानको तोकाजाई प्रबिधीबाट  कुहिने फोहरलाई ब्यबस्थापन गरी कम्पोस्ट मल  बनाउन सुरु गरिसकेको बताए। मलको वएट  हल्का हुने भएकोले मल जोखेर नभई लिटरमा नापेर बेच्नु पर्ने भएको र जुन रसायनिक मल भन्दा ४गुणा इफेक्टिभ रहेको जानकारी दिए । श्रेष्ठले  भने   टेक्नोलोजी ट्रान्सफरका लागि जापानि प्राबिधिक गोरो किमुरा नेपाल मै रहेको र थप २ प्राबिधिकहरु यस पटक जापानबाट  नेपालमा  लिएर जादैछौ। उहाहरुले नेपाली प्राबिधिकलाई तालिम दिने छन्  । उनका अनुसार नेपालमा कम्पोस्ट मलको प्रयोगले फोहोर मैला ब्यबस्थापन ,माटोलाई सुहाउदो मल लगाएतका मल्टीसेक्टर फाइदा हुनेछ ।  

     जापान भर्मणमा रहेका उहाहरुले कार्यक्रममा उपस्थिति   सबैलाई यहाँ जुन पेशामा रहे पनि नेपाली भुमी र नेपाली आमालाई नबिर्सन र जापानमा सिकेको ज्ञान,शिपलाई नेपालमा गई  प्रयोग गरि दिनुहुन अनुरोध गरेका  छन ।   कार्यक्रममा नागोयाका बिभिन्न सामाजिक संघसंस्था सँग  आबद्द रहेका सामाजिक अभियन्ता, ब्यावसायी तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected