–सपना अधिकारी
छोडेर गए कति आत्माहरू यो संसारबाट ,
सबै आफ्नालाई टुहुरा बनाएर,
पृथ्वीका दीप थिए सबै,गए किन अँध्यारो पारेर !!
दैब पनि कति निष्ठुरी भएको , मानब जातिले भन्थे होला
जाने बेला छैन भएको ।
अदृष्य रूपमा आएको यो पापी कोरोनाले !!
मानव चोला अजम्बरी हुन्न भन्ने जान्दा जान्दै ,
दुईचार दिनको सुख पनि किन दिन्न पापी कोरोनाले ,
संघर्षमा लगाइरहन्छ ,शरीरलाई मानबले
त्यही पनि बॉच्न दिएन यो पापी कोरोनाले !!
कति कठोर रैछस् कोरोना तँ , न जन्ती जान दिन्छस्,
न मलामी जान दिन्छस् ,न आफ्नालाई नै भेट्न दिन्छस् ,
बिश्वलाई नै सिध्याऊछस् कि के हो ,
सन्त्रास छ मानब मनमा हाहाकारै मच्चाईदिराछस् !!
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...