अमेरिका–अमेरिकी अधिकारीहरुको एक अनुसन्धानले सुर्यको प्रकाशसंग सम्पर्कमा आए संगै कोरोनाभाइरस छिट्टै समाप्त हुने गरेको दाबी गरिएको छ । यसबारेमा अनुसन्धान भइरहे पनि यसलाई औपचारिक रुपमा सार्वजनिक भने गरिएको छैन ।
होमल्यान्ढ सेक्युरिटीको विज्ञान तथा प्रविधि सकायका सल्लाहकार बिलियम ब्राइनले वाइट हाउसमा पत्रकारलाई सरकारी बैज्ञानिकले गरेको अनुसन्धानमा सुर्यको किरणले कोरोनामा संभावित प्रभाव परेको तथ्य फेला परेको बताएका थिए ।
उनले भनेका छन्– अहिलेसम्म को हाम्रो अनुसन्धानमा सुर्यको किरणको सतह र हावामा यो भाइरसलाई मार्ने क्षमता राख्छ । तापमान मा पनि यस्तै ततिजा आएको छ ।
ब्रायनले मेरिल्यान्ड स्थित नेशनल बायोडिफेस एनालिसिस एन्ड काउन्टर मेर्जस सेन्टरको एक अनुसन्धानलाई समेत प्रस्तुत गरेका थिए । अनुसन्धान अनुसार देखिएको तथ्यमा २१ देखि २४ डिग्री सेल्सियस तापमानको झण्डै १८ घन्टामा भाइरस आधा समाप्त हुने रहेछ । घरको ढोकाको हयान्डल तथा स्टीलमा यसको असर उतिनै थियो जहा“ भाइरस ६ घन्टामा समाप्त भएको थियो ।
यही परीक्षण सुर्यको किरणमा गरिएको थियो जहा“ भाइरस समाप्त हुन दुई मिनेट लागेको थियो । समान परिस्थितिमा हावामा यो भाइरस डेढ मिनेटमा समाप्त हुने रहेछ । ब्रायनले यो अनुसन्धानले गर्मि वातवारणमा यो भाइरस कम मात्रमा फैलिने संभावना देखिएको बताए ।
उनले गर्मि महिनासंगै यो भाइरस समाप्त हुने र सबैले सामाजिक दुरीलाई भने अपनाउनु पर्ने बताएका छन् ।
पछिल्लो विश्वमा देखिएको कोरोनाको महामारीलाई हेर्दा गर्मि ठाउ“मा यो भाइरस कम मात्रमा फैलिएको छ । अमेरिकी स्वास्थय अधिकारीले पनि कोविड–१९ को संक्रमण गर्मि मौसममा कम हुदै जानेछ । तर चिसोमा अन्य विमार जस्तै यो फैलिने संभावना छ । यस बारेमा अनुसन्धान भइरहेको छ र छिटै सार्वजनिक पनि हुनेछ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected