शिव शर्मा

टेक्सस– अमेरिकामा कोरानाको महामारी बीच विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलले सबैसंग भोटको अपिल गरेका छन् ।
आर्थर गनको नामले परिचित पोखरेल विभिन्न चरण पार गदै अमेरिकन आइडलको उत्कृष्ठ २० मा पुगेका हुन । आज आईतबारको प्रस्तुती संगै अमेरिकन आइडलको भोटिङ राउन्ड सुरु हुदैछ ।
मलाई यो अवस्था सम्म ल्याउन सहयोग गर्ने तपाई सबै शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु’ दिवेशले भने– अब मलाई अगाडी बढन तपाईहरुको भोटको आवश्यकता पर्ने भएकाले सबैसंग सहयोगको आव्हान गर्दछु ।’
उनले आफुलाई बेभसाइट, टेक्स्ट तथा अमेरिकन आइडलको एपबाट भोट गर्न सकिने बताए । एक जनाले ३० पटक सम्म भोट गर्न सकिनेछ । भोटले नै उनलाई उत्कृष्ठ २० बाट उत्कृष्ठ १० मा पु¥याउनेछ ।


उनले आफनो अफिसियनल पेज दिवेश पोखरेल–अर्थर गन मार्फत सबैलाई आफुलाई यो चरण सम्म आउन माया गर्ने सबै शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्– अमेरिकन आइडलको मेरो यात्राको सपना साकार पार्न सबैजनालाई भोट गरिदिन आग्रह गर्छु ।उनले आफनो सांगीतिक यात्रालाई अगाडी बढाउन सबैको सहयोगको अपेक्षा राखेका छन् । अमेरिकन आईडल सुरुवात संगै  दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ ।आइडलको एप  डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर पनि उनलाई भाेट गर्न सकिन्छ।

अमेरिकन आइडलको अडिसन राउन्ड पुरा गरी विभिन्न चरण हुदै टप–२० सम्म आइपुगेका दिवेशको अगाडीको यात्रा भोटीङमा निर्भर रहनेछ ।
काठमान्डौका २१ वर्षिय दिवेश पोखरेलले निर्णायकहरु लयोनल रिची, केटी परीर लुक ब्रायनको मन जितिसकेका छन् । उनको गायकीबाट जजहरु प्रभावित भइसकेका छन् । अव भने उनको यात्रा आम दर्शकको हातमा छ ,जसले उनलाई अमेरिकन आइडलको उपाधी नजिक पु¥याउन मदत गर्नेछ । कोरोनाको महामारी बीच अमेरिकन आइडलको अबको प्रस्तुती आ–आफनो घरबाट प्रतिस्पर्धामा जोडिनेछन् ।


नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर यो चरण सम्म आउने उनी पहिलो नेपाली हुन ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा थिएनन । तर अहिले उनले करोडौ फ्यान कमाइसकेका छन् ।
विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् । अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन । अमेरिकन आइडल हरेक आईतबार एबीसि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुदै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected