अमेरिकी सिमा सुरक्षा बलको हिरासतमा रहेका एक भारतीय युवकमा कोरोना संक्रमण

अमेरिका– अमेरिका– मेक्सिको सिमाबाट अबैध रुपमा प्रवेश गर्ने क्रममा पक्राउ परेका एक ३१ वर्षिय भारतीय युवक कोरोना संक्रमीत भएका छन् ।
सिमा सुरक्षा बललको पक्राउ गरेर हिरासतमा लिइएका उनलाई परीक्षणका क्रममा पोजेटिभ देखिएका संचारमाध्यमहरुले जनाएका हुन । सिमा सुरक्षा बलको हिरासतमा कोराना संक्रमीत हुने उनी पहिलो व्यक्ति बनेका छन् ।
युएस कस्टम्स एन्ड बोर्डर प्रोटक्सनले गत २३ अप्रिलमा सिमा गस्तीको दौरान सिमा पार गरेपछि क्यालिफोर्निया नजिकै पक्राउ गरिएको थियो । सिमा सुरक्षा बलका कार्यबहाक आयुक्त मार्ग मार्गनले उनी सहित पक्राउ परेका तीन मेक्सिन नागरिकलाई भने उनिहरुकै देश फर्काइएको छ । पक्राउ परेका भारतीय नागरिकको पहिचान खुलेको छैन । अहिले उनलाई क्वारेन्टाइनमा राखिएको छ । अहिले उनी संग सम्पर्क भएका व्यक्तिहरुको पनि खोजी गरिएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...