भारतीय अभिनेता इरफान खानको ५४ वर्षकाे उमेरमा निधन भएकाे छ 

क्यानसरले ग्रस्त उनकाे उपचारका मुम्बईको कोकिलाबेन अस्पताल

बुधबार बिहान  निधन भएकाे हाे ।

इरफानले अभिनय गरेको फिल्म ‘पिकु’का निर्माता/निर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् । इफरान मंगलबार बिहान बाथरुममा उनी लडेका थिए । यसपछि, उनलाई उपचारका लागि मुम्बइको अस्पतालमा लगिएको थियो ।

हालै उनको फिल्म अंग्रेजी मिडियम रिलिज भएको थियो। कोरोना भाइरसका कारण उनको फिल्म व्यवसायिक रुपमा सफल भएको थिएन।

हलिउड फिल्मसहित उनले हालसम्म १ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनले लाइफ अफ पाई, जुरासिक वल्र्ड, स्लमडग मिलिनियरजस्ता चर्चित फिल्महरुमा प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन्।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected