अब ४५ मिनेटमा कोरोनाभाइरसको पहिचान हुने

अमेरिका– अब मान्छेमा हुने कोरोनाभाइरस कोविड–१९ को पहिचान ४५ मिनेट भित्रमा हुने भएको छ ।
अमेरिकी वैज्ञानिकहरुको खोजबाट अब ४५ मिनेट भित्रमा यो खतरनाक भाइरसको पहिचान हुने भएको हो । यसले तिब्र रुपमा फैलिदै गएको कोरोनाभाइरसको जा“च छिटो रुपमा गर्न चिकित्सकलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।
अमेरिकाको क्यालिफोर्निया युनिभर्सिटीका शोधकर्ताका अनुसार यो नया खोजलाई ‘सार्स कोवी–२ डिटेक्टर’ नाम दिइएको छ । यसको जा“च सहज तरिकाले गर्न सकिनेछ । यसका लागी कुनै विशेष उपकरणको जरुत पर्ने छैन ।
क्यालिफोर्निया युनिभर्सिटीका प्रोफेसर चाल्र्स चिउले क्रिस्पर टेक्नोलोजीबाट कोरोना पहिचान का लागी नया पिढीमा तिव्रता ल्याउन यसले मदत गर्ने बताए । सार्स कोवी–२ डिटेक्टर यस्तो पहिलो परीक्षण हो जसमा कोविड–१९ पत्ता लगाउन क्रिस्पर जीन टार्गेटिङ टेक्नोलोजीको प्रयोग गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected