अमेरिका– कोरोना महामारीको केन्द्र अमेरिकामा लकडाउनमा नेपाली सिने कलाकारहरु विभिन्न गतिविधी गरेर जीवन व्यतित गरिरहेका छन् ।
अमेरिकाको बाल्टीमोर, क्यालिफोर्निया, टेक्सस, न्युयोर्क, भर्जिनिया लगायतका राज्यमा नेपाली कलाकारहरु रहेका छन् ।
कोरोनाबाट सबै नेपालीहरु यतिबेला प्रभावित रहेका छन् । नेपाली कला क्षेत्रमा बेग्लै पहिचान बनाएका कलाकारहरुको बारेमा केही जानकारी होस भनेर यहा“ उनिहरुको कोरोनाको चपेटामा दैनिक कसरी व्यतित भइरहेको छ, त्यसबारेमा हामीले उनिहरुको अभिमत राखेका छौ ।
धेरै कलाकारहरु रहे पनि हामीसंग सम्पर्क र हाम्रो आग्रहलाई स्वीकार गरेर कोरोनाको महामारी बीच आफनो दैनिक प्रस्तुत गरेका छन् । मेरिल्यान्डबाट राजबल्लभ कोइराला, ऋचा घिमिरे, उषा पौडेल शकर घिमिरे, अरुणीमा लम्साल, सुरेश दर्पण पोखरेल, त्यसै गरी टेक्ससबाट नारायण पुरी, भर्जिनियबाट सुधांशु जोशी तथा न्युयोर्कबाट बिक्रान्त बस्नेत रहेका छन् ।
यी प्रतिनिधी कलाकारले आम अमेरिकामा रहेका नेपाली कलाकारहरुको प्रतिनिधीत्व गर्ने अपेक्षा राखेका छौ ।

यस संम्बन्धी भिडियाे usnepalpost काे युट्युब च्यानलबाट रिलिज हुदैछ  । प्रतिक्षा गर्नुहाेला ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected