पत्रकार महासंघ जापानकाे अध्यक्षमा घले
नेपाल पत्रकार महासंघ जापान शाखाको चौंथो अधिबेशन तथा घोषणा सभा आज टोकियोमा सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले पुन मोहन घलेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पूर्ण चलाऊने तथा समावेशी उपाध्यक्षमा कुमार मोक्तान चयन भएका छन् ।त्यसैगरी सचिवमा शान्त पहरी तथा सहसचिवमा अर्जुन लामिछाने र इन्दिरा खनाल चयन भएका छन् । कोषाध्यक्षमा आनन्द कोइराला निर्बिरोध चयन भएका छन् । साथै सदस्यहरुमा दीपक गौतम, विश्वास आचार्य, सजिना मोक्तान, राजन गौतम, लक्ष्मी पौडेल ,कृष्ण अधिकारी, सागर देबकोटा र राम तामाङ चयन भएका छन् ।
बन्दसत्रमा सहसचिव कुमार मोक्तानले संस्थाको प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष राजविन थापाको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको थियो ।
घोषणा सभामा महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले अबको समाचार खोजमुलक र समुदायको आवाजको प्रतिनिधित्व गर्ने हुनुपर्नेमा जोड दिंदै समाचारमा विश्वश्नियता र जवाफदेहीता अनिवार्य रहेको बताएका थिए ।
कार्यक्रमको घोषणा सभामा एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ट उपाध्यक्ष अनिता गुरूङ,आईसीसी सदस्यहरू महेशकुमार श्रेष्ठ र कपिलदेव थापा, प्रवासी नेपाली एकता मन्चका सिद्धार्थ श्रेष्ठ, नेपाली जनसम्पर्क समितिका डिपि कंडेल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका अध्यक्ष दीप पाठक, एभरेष्ट इन्टरनेशनल स्कुल जापानका डा. भुपालमान श्रेष्ठ,नेपाली ब्यवसायी संघका बाबुराम पौडेल लगायतले बोल्नुभएको थियो ।
घोषणा सभामा समितिको घोषणा निर्वाचन समितिका सदस्य चन्द्र खनालले गर्नुभएको थियो भने निर्वाचन अधिकृत पवन बर्षा साहको अध्यक्षता तथा मोहन घलेको प्रतिबद्धता मन्तब्य र राजन गौतमको संचालनमा सम्पन्न भएको थियो ।