अमेरिका– अमेरिकन विश्वविद्यालयको एक रिपोर्ट का अनुसार कोरोनाभाइरस महामारी छिट्टै अन्त्य नहुने दाबी गरिएको छ ।
रिपोर्टका अनुसार आउने समयका लागी सबैलाई तयारीका साथ सुरक्षीत बस्ने समेत भनिएको हो ।
युनिभर्सिटी अफ मिनिसोटाको सेन्टर फर इन्फेक्सियस डिजीज रिसर्चएन्ड पोलिसीको रिपोर्ट अनुसार २०२२ सम्म यसको प्रभाव रहीरहनेछ । रिपोर्ट अनुसार जबसम्म संसारका दुई तिहाई बासिन्दा यो भाइरसका लागी प्रतिरोधात्मक क्षमता विकसित गदैनन तब सम्म यो कोरोनाबाट छुटकरा पाउन मुस्किल छ ।
सर्वसाधारण लाई यो भाइरसकमो प्रतिरोधात्मक क्षमत विकसित गर्न दुई वर्षको समय लाग्ने बताईएको छ ।
प्छिल्लो समय कोरोनासंग सम्बन्धीत धेरै शोध र खोजहरु वैज्ञानिकहरुले गदै आएका छन् । कोरोनासंग सम्बन्धीत केही तथ्यले वैज्ञानिकहरुलाई समेत चिन्तित तुल्याएको छ ।
वैज्ञानिकहरुका अनुसार अझै पनि मानिसमा कोरोनाको लक्षण धेरैमा नदेखिएको र यो भाइरस फैलिनबाट रोक्न ज्यादै मुस्किल हुनेछ ।
वैज्ञानिकहरुको दाबी अनुसार विभिन्न प्रकारमा फैलिने क्रम बढेको छ । यसैको कारण यो भाइरसको अन्तयका लागी एउटै भ्याक्सिन विकसित गर्नु मात्रै सही नहुने बताएका छन् । भाइरसले आफनो रुप र प्रकार बदलीरहेकोले आउने समय झनै खतरनाक हुनसक्ने बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected