––बैकुण्ठ राज आचार्य

१.

काग मरेछ

कौवा सम्मेलन भो !

टोल थर्कियो

२.

बत्ति गएछ –

इन्टरनेट पनि

अन्धकार भो !

३.

म बुझ्छु भन्थ्यो –

तिम्रो पीडाको भाषा

भर्याङ्ग भै‘ छु !

४.

भयो पर्दैन –

तिम्रो सहानुभूति

गोहीको आँशु !

५.

मन्दिर बन्द –

घरमा बाँदर

भोकको पीडा

६.

कौशीमा दाना –

परेवा, काग लडे

शक्तिको जीत

७.

कपाल कोरें–

उनको काईंयोले

स्पर्शानुभूति

८.

असिना पर्यो

फुलेको गुलाफमा

मन कटक्क

९.

मान्छेको भीड–

फर्फराएको झन्डा

मन्त्रीको घर !

१०.

पुरानो बाटो –

सम्झनाको लहर

मनमा पीडा

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected