अमेरिकामा कोरोना महामारीको हालत झनै बिग्रिदै, मृतक र संक्रमीत बढ्दै
अमेरिका– विश्वमै कोरोना महमारीले बढी प्रभावित बनेको अमेरिकामा अझै पनि यसमा सुधार आउन सकेको छैन ।
अमेरिकी सरकारको हर प्रयासका बाबजुत पनि यहा“ कोरोनाबाट मुत्यु हुने र संक्रमण हुनेको संख्यामा कम आउन सकेको छैन । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकाको पछिल्लो २४ घन्टामा १५ सय भन्दा बढीको ज्यान गइसकेको छ । अमेरकामा कोरोनाबाट मुत्यु हुनेको संख्या ६९ हजार ९ सय ४६ पुगेको छ । संक्रमीत हुनेको संख्या १२ लाख भन्दा बढी पुगेको छ । २४ घन्टामा २८ हजार भन्दा बढी संक्रमीत भएका छन् ।
अहिले सम्म कोरोनाबाट अमेरिकामा १ लाख ५० हजार भन्दा बढीलाई निको भएको छ ।
चीनको बुहानबाट सुरु भएको कोरोनाबाट अहिले विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ । पछिल्लो तथ्याङ्क अनुसार कोविड–१९ बाट सबै भन्दा बढी मुत्यु अमेरिकामै भएका् छ । त्यसै गरी संक्रमीतको संख्या पनि यही मुलुकमा बढी छ ।
कोरोना महामारीबाट अहिले सम्म विश्वमा २ लाख ४६ हजार भन्दा बढीको ज्यान गएको छ । संक्रमीत हुनको संख्या ३५ लाख बढी छ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...