अमेरिका– विश्वमा नै महामारी रुपमा फैलिएको कोरोनाभाइरस चीनकै प्रयोगशालामा बनेको दाबी अमेरिकाले गरेको छ ।
अमेरिकी विदेश मन्त्री माइक पोंपियोले अमेरिकी टेलिभिजन एबीसिको दिस विक कार्यक्रममा बोल्दै दाबी गरेका हुन । यो कुराको पर्याप्त प्रमाण हामी छ’ उनले भने– ‘कोरोनाभाइरस चीनकै बुहानकै प्रयोगशालामा बनेको हो ।’
तर यो मानव निर्मित हो हैन भन्ने कुरा पछिल्लो क्रममा विवाद भने बढ्दै गएको छ । अमेरिकाकै खुफिया एजेन्सीले भने यसलाई मानव निर्मित भाइरस मान्न तयार छैन ।
पोंपियोले सर्वश्रेष्ठ विशेषज्ञहरुलाई समेत यो यो मानव निर्मित भाइरस नै लागेको बताएका छन् । उनले आफनो यो कुरालाई अविश्वास गर्ने कुनै कारण नभएको समेत जिकिर गरे । उनले खुफिया एजेन्सीले के भनेको छ आफुलाई थाहा नभएको बताए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected