शिव शर्मा
अमेरिका– अमेरिकामा कोरानाको महामारी बीच विश्व चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल अन्ततः टप–१० मा पुगेका छन् ।

आर्थर गनको नामले परिचित पोखरेल विभिन्न चरण पार गदै अमेरिकन आइडलको उत्कृष्ठ दशमा पुगेका हुन । उनले स्टेज नाम अर्थरगनले परिचित छन् । गएको आईतबारको उनको प्रस्तुती संगै घरबाटै दिएको प्रस्तुतीमा जजहरुले प्रशंसा गरे । उनको प्रस्तुती ंसकिए पछि जजहरुले ताली पिटेर स्वागत गरे ।
‘मलाई यो अवस्था ल्याउन सुरु देखि नै सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु’ उत्कृष्ठ दसमा पुगेपछि दिवेशले भने–अबको यात्रामा पनि सबैको सहयोग रहनेछु भन्ने अपेक्षा राखेको छु । उनी भोटले नै उत्कृष्ठ दसमा पुग्न सफल भएका छन् । ।
अमेरिकन आइडलको अडिसन राउन्ड पुरा गरी विभिन्न चरण हुदै टप–२० सम्म आइपुगेका दिवेशको अगाडीको यात्रा भोटीङमा निर्भर रहनेछ ।
काठमान्डौका २१ वर्षिय दिवेश पोखरेलले निर्णायकहरु लयोनल रिची, केटी परीर लुक ब्रायनको मन जितिसकेका छन् । उनको गायकीबाट जजहरु प्रभावित भइसकेका छन् । अव भने उनको यात्रा आम दर्शकको हातमा छ ,जसले उनलाई अमेरिकन आइडलको उपाधी नजिक पु¥याउन मदत गर्नेछ । कोरोनाको महामारी बीच अमेरिकन आइडलको अबको प्रस्तुती आ–आफनो घरबाट प्रतिस्पर्धामा जोडिनेछन् ।
नेपाली समुदायबाट यसरी विश्व चर्चित गायन प्रतिस्पर्धाको अडिसनबाट छानिएर यो चरण सम्म आउने उनी पहिलो नेपाली हुन ।
अध्ययनका लागी अमेरिका आएका पोखरेल का केही एल्बम पनि बजारमा आइसकेका छन् । तर पनि उनी चर्चामा थिएनन । तर अहिले उनले करोडौ फ्यान कमाइसकेका छन् ।
विदेशी मिडियाहरुले भने उनलाई महत्व दिएर समाचार बनाएका छन् । अमेरिकन आइडलमा छानिएर अघि बढेपछि उनको चर्चा चुलिएर गएको छ । उनका गीतहरु एप्पल आइट्युनमा पनि सुन्न सकिन्छ । अमेरिकको केन्सस राज्यमा बस्दै आएका पोखरेल ६ वर्ष अघि मात्रै विद्यार्थी भिषामा अमेरिका आएका हुन ।क अमेरिकन आइडल हरेक आईतबार एबीसि टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुदै आएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected