कोरोनबाट प्रभावित गरीब दुखीलाई अमेरिकामा रहेका नेपालीद्धारा सहयोग
अमेरिका– यतिबेला कोरोनाभाइरसले पुरै विश्व नै चपेटामा छ । अमेरिका झनै कोरोनाको महामारीले अस्तव्यस्त छ । नेपालमा पनि कोरोनाकै कारण लकडाउन हुदा धेरै मजदुरहरुको रोजीरोटी संगै बिहान बेलुकाको छाक टार्न पनि समस्या भएको छ ।
यसैलाई मध्यनजर राखेर अमेरिकाको विभिन्न राज्यमा रहेका नेपालीहरुले पुर्व झापाको शिव सताक्षी नगरापालिकाका बासिन्दाले सहयोग संकलन गरेर नेपाल पठाएका छन् । सम्राट कार्कीको अगुवाईमा अमेरिकामा रहेका झापाली बासिन्दाले उक्त सहयोग गरेका हुन ।उनिहरुले आफनो खर्च कटाएर २ लाख ३६ हजार भन्द्या बढी रकम उठाएर पठाएका हुन । केदार सिह कार्कीले पठाइएको उक्त रकम गरिब र असहायहरुलाई प्रदान गरिनेछ । बास्तविक पीडितलाई राहत होस भनेर रकम संकलन गरेर पठाएका हौ’ सम्राट कार्कीले भने– धेरै भए पनि यसले राहत हुने विश्वास गरेका छौ ।
उक्त रकम देवी भेटवाल÷उर्मिला भेटवाल, नरेन्द्र घिमिरे, झल्का चापागाई, नविन ओख्रवो, दिनेश दुलाल, सम्राट कार्की, शोभा थापा, विष्णु अधिकारी, लिला खतिवडा, रमेश राई, नैना कोइराला र दिपक खडकाले सहयोग गरेका हुन ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...