पाेखरा-गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले सातवटै प्रदेशका अर्थ समितिका सभापतिहरु संग आइतबार भिडियो कन्फरेन्स गरेको छ ।
गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको भिडयो कन्फरेन्समा सातै प्रदेशका सभापतिहरुको सहभागिता रहेको थियो । सातै प्रदेशका सभापतिहरुले कोरोना रोकथाम र नियन्त्रणको लागि ७७ वटै जिल्लामा कोरोना भाइरस (कोभिड१९)को स्वाब परीक्षणको ब्यबस्था मिलाउन संघिय सरकारलाई सुझाब दिने निणय गरेको छ ।
सरकारले बेलैमा गरेको लकडाउनले कोरोना अन्यमुलुकमा जस्तो फैलननपाएको भन्दै सरकारलाई धन्यबाद दिएको छ । सभापतिहरुले अब लकडाउनको तरिका परिबतन गरर्नुपर्ने निष्र्कष निकालेकाछन् । बजेट निर्माणमा समितिको भुमिका बढाउनुपर्ने , प्रि–बजेट छलफललाई प्रभावकारी बनाउनु पर्ने बारे सभापतिहरुले छलफल गर्नुभयो । प्रदेशको आफ्नो स्रोत बढाउनको लागि राजश्व संकलनको दायार बढाउन प्रदेश सरकारलाई सहयोग गर्नेपनि समितिले निर्णय गरेको छ ।
समितिले सावर्जनिक खरिद ऐन परिमार्जन गर्नकोलागि सरकारलाई सुझाब समेत दिएको छ । सरकारले बजेट निर्माण गर्दानै स्पष्ट शिर्षक खुलाएर ल्याउनु पर्ने ,आगामी बजेटमा जन स्वास्थ्य, कृषि ,उद्योग तर्फ केन्द्रित गारउन समितिले पहल गर्ने निर्णय गरेको छ ।
सभापतिहरुले खाद्यन अभाव हुन नदिन कामको लागि खाद्यन कार्यक्रम सरकारले ल्याउनु पर्ने , विकास निर्माणको लागि खाद्यन जस्ता कार्यक्रम ल्याउन आबश्यक रहेको बारे छलफल गर्नुभएको थियो । बजेट वितरणमुखी नभएर परिणाम मुखि बनाउन समितिले जोड दिने निर्णयपनि गरेको छ ।
भिडियो कन्फरेन्समा बोल्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले समय अनुकुल लकडाउन परिवतन गनुपर्ने बताउनु भएको छ । मुख्यकुरा सुरक्षाको भएको भन्दै कोइरालाले

अहिलेनैै सम्पन्न नगर्दा ठुलो क्षतिहुने विकासका योजनाहरु सुरक्षा विधि अपनाएर सुचारु गर्नुपर्ने बताउनु भयो ।
कोरोनाले समस्या मात्रै नभएर कृषिमा आत्मनिर्भर बन्नको लागि पनि अबसर सृजना गरेको कोइरालाको भनाई थियो ।सभापति कोइरालाले आगामीदिनमा पनि भिडियो कन्फरेन्सलाई निरन्तरता दिने बताउदै यसरी भिडियो कन्फरेन्स गर्दा सातै प्रदेशमा समितिहरुले अझ प्रभावकारी रुपमा काम गर्न सक्ने विश्वास ब्यक्तगर्नुभयो ।
भिडियो कन्फरेन्समा समितिका सभापतिहरु प्रदेशनं १ बाट मोहन खड्का,प्रदेश २बाट मनिस सुमन,बाग्ममती प्रदेशबाट सरेश नेपाल, गण्डकी प्रदेशबाट दीपक कोइराला ,प्रदेशनं ५बाट दधिराम न्यौपाने,कर्णाली प्रदेशबाट अमरबहादुर थापा र सुदूरपश्चिम प्रदेशबाट हर्कबहादुर कुवंर र सचिवालयका कर्मचारीको सहभागिता रहेको छलफलमा समितिको संगठानात्म स्वरुप,प्रमुख उपलब्धी लगायतको बारेमा समेत छलफल भएको समितिले जनाएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected