अमेरिका– कोरोनाभाइरस संग जुध्न विश्वभरका मुलुकहरु एकजुट हुदै अभियानमा जुटेका छन् । कोरोनाको परीक्षण, बिरामीको उपचार तथा भ्याक्सिन विकसित गदै भाइरसको अन्त्य गर्न अभियानमा जुटेका हुन । यो अभियानका लागी ७.५ अर्ब युरो जुटाउने लक्ष्य समेत राखिएको छ । यो लक्ष्य अझै बढने समाचार एजेन्सीहरुले जनाएका छन् ।
यो अनलाइन अभियानको सुरुवात युरोपेली युनियनका २७ मुलुक, बेलायत, जापान, नर्वे, अष्ट्रेलिया, साउदी अबर र इजरायल रहेका छन् । तर यो अभियानमा अहिले सम्म अमेरिका भने सहभागी भएको छैन ।
अभियानमा विश्व बैंक, बिल एन्ड मेलिडा गेट्स फाउन्डेसन तथा कयौ धनी व्यक्ति तथा संस्थाहरु सहभागी रहेका छन् । युरोपियन आयोगकी प्रमुख उर्सला वान डियर लिएनले कोरोनाको विरुद्ध लडन यो अभियान टर्निङ व्वाइन्ट हुन सक्ने दाबी गरेकी छिन् ।
गत अप्रिल १५ मा अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहायता रोक्ने घोषणा गरेका थिए । अमेरिका यो अभियानमा जुटने सबैले अपेक्षा राखेका छन् । यो अभियानमा आर्थिक सहायताका लागी अन्य देश तथा संस्थालाई पनि अपिल गर्नेछ । अहिले यो अभियानलाई साउदी अरबले ५० करोड डलर सहयोग गर्ने घोषणा गरेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected