अमेरिका– अमेरिकाको मिसिगन राज्यामा एक फेस मास्क नलगाई फ़ेमली  डलर स्टोरभित्र छिर्न नदिएको झोकमा परिवार मिलेर सुरक्षागार्डको हत्या गरेका छन् ।
स्टोर भित्र प्रवेश गर्न खोजेक युवतिलाई सुरक्षागार्डले रोकेपछि परिवार मिलेर४३ वर्षिय क्याल्भिन नामका  सुरक्षा गार्डको हत्या गरेकाे आराेप छ ।
समाचार अनुसार यो मिसिगनको फिल्टस्थित एक स्टोरको हो ।  स्टोरको गेटमा तैनाथ गार्ड तैनाथ थिए । ४५ वर्षिया शार्मेल टीग नामकी महिला आफनो छोरी सहित स्टोर भित्र प्रवेश गर्न लागेकी थिइन । तर छोरीले मास्क लगाएकी थिइनन । गार्डेले यो देखेपछि भित्र जान दिएका थिएनन । महिला शार्मेनले गार्डले रोक लगाएपछि फोन गरेर पछि लैरी र छोरा विशपलाई घटना बारे जानकारी गराइन ।
घटनापछि बाबुछोरा आएर स्टोरमा तैनाथ सुरक्षागार्ड माथि गोली प्रहार गरेको आरोप उनिहरु माथि छ । गोली प्रहार पछि सुरक्षागार्डको घटनास्थलमा मुत्यु भएको थियो । प्रहरीले घटना लगत्तै ति महिलालाई पक्राउ गरेको छ । तर उनको पति र छोरा भने फरार भएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected