गिता राना मगर

पाेखरा महानगरपालिकाको वडा नम्बर २० ले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने दिर्घ रोगीहरुलाई निशुल्क औषधी वितरण गरेको छ । कोरोना संक्रमणको कारण सरकारले कलडाउनको अवधि लम्ब्याउदै गएपछि वडाले आफ्नो वडाभित्रका नियमित औषधी  सेवन गर्नुपर्ने दीर्घरोगीहरु ( उच्च रक्तचाप, मधुमेह, मुटु रोग, मानसिक समस्या, दम तथा थाइराइड ) का औषधी खाइरहेका ४ सय ३० जना विरामीको घर घरमा पुगेर औषधी वितरण गरेको हो । वडाले स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटमा केही बजेट थपी कुल २ लाख ५० हजार खर्चेर उनीहरुलाई घर घरमा पुगी औषधी वितरण गरेको हो । लकडाउनका कारण विकट ग्रामीण भेगमा बसोबास गर्ने विरामीहरु पोखरा आउन समस्या झेल्नुपर्ने कथंकदाचित पोखरा आइहालेपनि नियमित औषधी लिइरहेको ठाउमा औषधी नपाउने समस्या उत्पन्न हुने अवस्था आएपछि वडा अध्यक्ष सिम बहादुर गुरुङको पहलमा वडाले स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको बजेटबाट लक्षित वर्गका मानिसहरुलाई औषधी वितरण गरेको हो ।
ग्रामीण बस्ती रहेको वडा नम्बर २० मा लकडाउनको समयमा सवारी साधन नचल्दा  मानिसहरु हिडेर पोखरा आउन लामो समय लाग्ने भएपछि वडाले उनीहरुले झेलेको समस्यालाई केही हदमा समाधान गर्ने उद्देश्य लिएर निशुल्क रुपमा एक महिनाको औषधी वितरण गरेको हो । ४४ दिन सम्म लकडाउन जारी रहदा केही ब्याक्तिहरुले विचमा पोखरा झरेर औषधी लगेको भएतापनि अधिकांशलाई भने त्यो सम्भव नभएको स्थानियहरु वताउछन ।  स्थानियहरु वडा अध्यक्ष सीम गुरुङ स्वयंले स्वास्थ्यकर्मी सहित आफुहरुले नियमित सेवन गरेको औषधी घरमै पुर्याइदिएपछि निकै खुसी देखिन्थे ।

आफुले लामो समयदेखी औषधी खादै आएको र पछिल्लो पटक लकडाउनका कारण पोखरा जान गाह्रो परिरहदा वडाले आफुहरुलाई लक्षित गरी औषधी घरमै ल्याइदिएकोमा पोखरा महानगरपालिका वडा नम्बर २० नेपाली कांग्रेसका सभापति तिल बहादुर गुरुङले  खुसी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected