अमेरिका– अमेरिकामा कोरोनाभाइरस सम्बन्धी रिसर्च गरिरहेका चिनिया प्रोफेसरको हत्या गरिएको छ ।
अमेरिकाको पेन्सिलबेनियामा बसोबास गदै कोराना सम्बन्धी अनुसन्धान गदै आएका बिंग लिउको हत्या गरिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
उनको हत्या सफ्टवेयर इन्जिनियर हाओ गु ले गरेपछि आफुले पनि आत्महत्या गरेका थिए । सुरुवाती जा“चका क्रममा हत्या हुने र हत्या गर्ने व्यक्ति दुवैले एक अर्कालाई राम्रोसंग जान्थे । यही सम्बन्धबाट गु ले घटना घटाउन सफल भएको बताईन्छ ।
धेरैले यसलाई कोरोनासंग अनुसन्धानलाई लिएर घटना भएको बताउदै आएका छन् । घटनाका अनुसन्धान गरिरहेका अधिकारीहरु भने यो अनुसन्धानसंग सम्बन्धीत हत्या नभएको जिकीर गरिरहेका छन् ।
कोरोनासंग सम्बन्धीत खोज गरिरहेका मृतक प्रोफेसर लिउ अति नजिक पुगेको बताइन्छ । यसले पनि उनको हत्या रहस्यमय बनेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected