–बैकुण्ठ राज आचार्य

१.

जिल्ल परेवा

कागले चोर्यो अन्डा

निष्ठुरी दैव !

२.

अम्बाको बोट

भंगेरीको चिर्बिरी

मनोरंजन!

३.

पानी बर्सियो

छाता घरमा छुट्यो

रुघा र खोकी

४.

रुन्चे मौसम –

हप्ता दिन भैसक्यो

बेचैन मन

५.

पातले छाँगो –

नाम फेरिएको छ

मुहार उहि !

६.

छडके पानी

सुकाको लुगा भिजे

अप्रत्यासित !

७.

माछा पोखरी–

एउटा लामो घर

बस रोकियो

८.

शृंगार छैन –

साधारण लागिन

वास्तविकता !

९.

मध्यरातमा –

कुकुर रोइरह्यो

बन्धन पीडा !

१०.

झरर पानी

छानामा   डंगडंग

ड्रम बिटिंग ?

 

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected