अमेरिका–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प की छोरी इभांका ट्रम्पकी निजी सहायक मा पनि कोरोना संक्रमण भएको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय वाइट हाउसमा अब कोरोना सक्रमीत हुनेको संख्या तीन पुगेको हो । अहिले कोरोना संक्रमण भेटिएका अधिकारी ति व्यक्ति केही साता देखि इभांका संग नजिक देखिएका छैनन । सिएननको रिपोर्ट अनुसार उनी दुई महिना देखि टाढा रहेर काम गरिरहेका छन् ।
इभांकाका सहायकको सुरुमा परीक्षण गर्दा उनमा केही लक्षण देखिएको थिएन । त्यही क्रममा इभांका र उनका पति जेरेड कुशजर को जा“च गर्दा पनि नेगेटिभ पाइएको थियो । यो भन्दा अघि वाइट हाउसमा उपराष्ट्रपछि पाइक प्रेस सचिव कैटी मिलरमा कोरोना संक्रमण पाइएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्प कै एक सैन्य सहायक मा पनि कोरोना संक्रमण भइसकेको छ ।
वाइट हाउसमा बढ्दो कोरोना संक्रमण पछि यहा“ दैनिक जसो कोरोना संक्रमणलाई बढाइएको छ । ट्रम्पले दुई पटक कोरोना जा“च गराइसकेको छ र रिपोर्ट नेगेटिभ आइसकेको छ । अधिकारीहरुका अनुसार वाइट हाउसमा बाकी रहेका सबै कर्मचारीमा पनि कोरोना परीक्षण गराईएको छ । अहिले वाइट हाउसमा मास्क लगाउन समेत अनिवार्य गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected