बडा दशैको अवसर पारेर नेपाली समाज टेक्सस तथा इन्द्रेणी सांस्कृतिक संघले आइतबार ग्रेभबाइन लेक परिसरमा गरेको दशै मेला उल्लासमय बन्यो ।
टेक्ससमा रहेका नेपालीहरुलाई एउटै थलोमा जम्मा गरी मनोरञ्जन दिने उद्देश्यले आयोजीत कार्यक्रममा दर्शकहरुको सहभागिता उल्लेख्य रहेको थियो ।
तालको छेउमा आयोजीत कार्यक्रममा गीत संगीत नृत्यले दिनभर जसो बातावरण रंगिन बन्यो । कार्यक्रममा आउनेहरुलाई चंगाचैटको मनोरञ्जन पनि राखिएको थियो । आकाशमा बिलिन हुने चंगा उडाउदै चंगाचैटमा रमाउनेहरु पनि त्यतिकै देखिन्थे । कार्यक्रममा लोक तथा दोहोरी गायक कृष्ण देवकोटा तथा संगीता थापाको दोहोरीदे वातावरण तातियो । दोहोरीमा कम्मर भाचेर नाचेहरुको होडबाजी देखिन्थयो ।


कार्यक्रममा गायक भिम पराजुलीले पनि सुगम संगीतको गीत पस्केर दर्शकलाई मनोरञ्जन दिए । कार्यक्रममा रमाउन आउनेहरुलाई फेस पेन्टि, बेलुन मेकर, देखि नेपाली उत्पादनको प्रदर्शनी समेत राखिएको थियो । नेपाली परिकार तथा ममको स्वाद पनि मेलामा रमाउन आउनेहरुलाई चखाइएको थियो ।
विभिन्न स्थानिय कलाकाहरुले आकर्षक नृत्यले पनि कार्यक्रमको माहौलाई बेग्लै रौनकता थपेको थियो । कार्यक्रममा तन्नेरीहरुका लागी फेसन शो समेत राखिएको थियो । ‘यस पटक बिगतमा भन्दा दर्शकको उपस्थिति बाक्लो रह्यो नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापाले भने–‘आगामी वर्षहरुमा झनै बिस्तृत हुदै जाने अपेक्षा राखेका छौ ।’

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected