कोरानाभाइरसका कारण अमेरिकी अर्थतन्त्र उथलपुथल

अमेरिका– कोरोनाभाइरसका कारण अमेरिकी अर्थतन्त्रमा ठुलो मार परेको छ । पछिल्लो दुई महिनामा ३.३ केरोड भन्दा बढी अमेरिकनहरुले आफनो जागीर गुमाइसकेका छन् । विशेष गरी ट्राभल र पर्यटन उद्योग ध्वस्त भएको छ । अमेरिकामा उद्योग धन्दा ठप्प हुदा बेरोजगारी दर बढीरहेको छ । हालै मात्र ट्रम्प प्रशासनका वरिष्ठ अधिकारीहरुले अमेरिकी अर्थव्यवस्था उर्भिने दाबी गदै आएका छ्न । अधिकारीले २०२१ मा अमेरिकी अर्थव्यवस्था पहिलाकै अवस्थामा फर्केने बताएका छन् ।
अन्तराष्ट्रिय मुद्राकोष तथा विश्व बैंकले अमेरिकाको लागी नकारात्मक विकास दरको अनुमान लगाइरहेको छ । पछिल्लो समय अमेरिकाका केही राज्यमा विस्तारै उद्योग धन्दा खुल्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मान्छेको जिन्दगी बचा“उन सबै भन्दा ठुलो अर्थव्यवस्था बन्द गरेको बताएका थिए । उनले फेरी बिस्तारै अब सबै खुल्दै जाने बताएका छन् ।
अमेरिकी सरकारका एक मन्त्री स्टीवन न्युचिनले फक्स न्युजमा भने–‘हामी अर्थव्यवस्थाको पुर्ननिर्माणमा ध्यान केन्द्रित गरिरहेका छौ ।’ उनले अमेरिकी अर्थतन्त्र एकदमै खराब हालतमा गुज्रिएको कुरालाई भने नकारेनन ।
यस अघि नै वाइट हाउसका वरिष्ठ अािर्थक सल्लाहकार बेविन हैसेटले कोरोना महामारीका कारण यहा“को अर्थतन्त्रमा ठुलो झटका लागेको बताएका थिए ।
उनले सिएनएनमा हामीले सधै देख्दै आएको हाम्रो बलियो अर्थव्यवस्थामा अहिले आएर नकारात्मक प्रभाव परेको बताए । भने– ‘हामीलाई आशा आउने दिनमा यो बलियो भएर जानेछ ।’