अमेरिका– अमेरिकाका वरिष्ठ संक्रमक रोग विशेषज्ञ डा एन्थनी फासीले लकडाउन खुलाउने र अर्थव्यवस्थालाई तत्काल खुला गरे ठुलो दृष्परिणाम भोग्नु पर्ने चेतनावनी दिएका छन् ।
उनले अमेरिकाले यस्तो कदम चाले ठुलो संख्यामा धेरैको ज्यान जान सक्ने बताएका छन् । उनले आफनो मुलुकका सांसदहरुसंगको एक छलफलामा यस्तो चेतावनी दिएका हुन । उनी अमेरिकाको चुनिएका स्वास्थ्य विशेषज्ञ हुन । उनले कांग्रेसको एक समितिमा राय व्यक्त गर्ने क्रममा यस्तो चेतावनी दिएका हुन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड केही राज्यको लकडाउन पछि सामान्य जीवनमा फर्किन लागे पछि ति राज्यको प्रशंसा गरिरहेका बेला डा फासीको यस्तो भनाइ आएको हो । कोरोनाभाइरस टास्क फोर्सको सदस्य समेत रहेका फासी माथि जिम्मेवारी पनि छ जसरी हुन्छ कोविड–१९ को नियन्त्रणका लागी हरप्रयास गर्न सकियोस ।
उनले भिडियो कन्फे्रन्स का क्रममा अमेरिकी काग्रेस को समिति समक्ष आफनो राय प्रस्तुत गरेका थिए । वाइट हाउसमा केही कर्मचारीमा कोरोना पोजेटिभ पाइएपछि उनी स्वंय पनि क्वारेन्टाइनमा छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected