कोरोना भ्याक्सिनको डाटा चोर्ने कोशिशमा चिनिया ह्याकर रहेको अमेरिकी आरोप

अमेरिका– अमेरिका यतिबेला कोरोना महामारीको चपेटामा नराम्रोसंग फसेको छ । कोरोनाबाट मुक्ति पाउन अनेक उपायहरु निकाल्ने क्रममा पनि अमेरिका बढीरहेको छ । कोरोनाबाट बच्न अमेरिका अहिले भ्याक्सिन बनाउन जुटीरहेको छ ।
यही बीचमा अमेरिकाले चीनलाई एउटा गंभीर आरोप लगाएको समाचार बाहिर आएको छ । अमेरिकी संघीय जा“च ब्युरो तथा साइबर सुरक्षा विशेषज्ञहरुले चीनका ह्याकरले कोरोनाभाइरस को भ्याक्सिन बिकसित गर्ने सम्बन्धीत शोध चोरी गर्ने कोशिस गरिरहेको बताएको छ ।
अमेरिकाको द समाचार एजेन्सी एएफपी तथा न्युयोर्क टाइम्सका अनुसार अमेरिकी गृहमन्त्रालय चिनिया ह्याकरको विरुद्ध चेतानवी जारी गर्ने तयारी गरिरहेको बताइएको छ । कोरोनाको भ्याक्सिनका लागिी यतिबेला अमेरिकी सरकार र निजी कम्पनी युद्धस्तरमा लागीरहेको छ । चीनको ह्याकरले कोविड–१९ को जा“च तथा उपचार संग सम्बन्धीत डाटा र बौद्धिक सम्पत्ति पनि चोरी गर्ने कोशिस गरेको आरोप लगाईएको छ ।
समाचार अनुसार ति ह्याकर अमेरिकी सरकारसंग समेत जोडिएको अमेरिकी दाबी छ । उनिहरु र यसबारेमा अमेरिकी सरकारले आधिकारिक रुपमा चेतावनी दिने समेत जनाइएको छ ।
यता यो कुराको भने चिनिया सरकारले खण्डन गरेको छ । अमेरिकी आरोपको खण्डन गदै चीनका विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले चीन साइबल हमलाको संधै विरुद्ध रहेको बताए । उनले भनेका छन्– हामी कोरोनाभाइरसको उपचार तथा भ्याक्सिन अध्ययनका लागी अग्रणी छा्रै, विना कुनै प्रमाण अफवाह फैलाइ चीनमाथि निशाना साध्नु अनैतिक काम हो ।’
तस्वीर एजेन्सी