युएसनेपाल पाेस्ट संवाददाता

न्यू जर्सी-काेविड- १९ बाट अमेरिकामा दोस्रो सबैभंदा बढि प्रभाबित राज्य न्यू जर्सीमा मे को १८ तारीख बाट लक डाउन लाई खुकुलो परिने भएको छ । आज नियमित प्रेस ब्रिफिंग मा न्यू जर्सी राज्यका गभर्नर फ़िल मर्फी ले सो घोषणा गरेका हुन ।

” संक्रमितहरुको लगातार को घट्दो तथ्यांकले  साबधानी र जिम्मेबारपुर्बक न्यु जर्सी राज्यको अर्थतन्त्र लाइ पुन सुचारु गर्न कार्यको सुरुवात गर्न आफुलाई प्रेरित गरेको” मर्फीले बताए । न्यू जर्सी राज्य मा मार्च को २१ देखी लक डाउन अर्थात् स्टे होम ऑर्डर जारी गरिएको थियो । न्यू जर्सीमा कुनै वेला दैनिक ४ हज़ार को हारा हारीमा नया संक्रमित देखिने गरेका थिए ।

तर यो संख्या केही दिन देखी लगातार घटदो क्रममा छ । गभर्नर मर्फी का अनुसार आज नया संक्रमित को संख्या १०२८ रहेको छ भने गत २४ घंटामा मर्ने को संख्या १९७ रहेको छ । यो संख्या कुनै बेला दैनिक ४०० को हारा हारी मा हुने गर्द्थ्यो ।

गभर्नर मर्फी का अनुसार मे १८ देखि सम्पूर्ण अत्याबश्यक बाहेकका पसलहरु खोल्न सकिनेछ तर त्यस्ता पसलहरुमा  ग्राहकहरु लाइ पसल भित्र प्रवेश गराउनभने पाइने  छैन । उनीहरुले कर्ब साइड पिक अप गर्नु पर्नेछ  । भने मे १८ देखि निर्माण कार्य हरू लाई पनि पुन सुचारु गर्न सकिनेछ । निर्माण कार्यमा पनि सके सम्म साबधानी अपनाउदै सामाजिक दुरी कायम राख्नु पर्नेछ । यस अघिनै  मे २ देखि क़रीब १ महीनादेखि बन्द रहेका न्यू जर्सी राज्य का पार्क तथा गल्फ़ कोर्स हरू सर्ब साधारणका लागि खुला गरि सकिएका छन् ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected