अमेरिका– संसारमा यतिबेला कोरोनाा महामारीले सबै भन्दा बढी प्रभावित बनेको मुलुक हो अमेरिका । यही महमारी बीच जनजीवन सामान्य बनाउन यहा“को सरकार लागीरहेको छ ।
यही प्रयास स्वरुप अमेरिकाको क्यालिफोर्निया प्रान्तमा झण्डै ६ साता लामो विश्रामपछि यहा“को समुन्द्रटतट खल्ुला गरिएको छ । झण्डै डेढ महिनापछि लसएन्जल्सको समुन्द्र तटमा सर्वसाधारणको चहलपहल देखियो । समुन्द्र तटहमा भेला हुने क्रममा मास्क लगाउन भने अनिवार्य गरिएको छ । तर पानीमा जान भने रोक लगाईएको छ । केवल छेउछाउमा टहलिन दिइएको छ । समुन्द्र छेउमा बस्नका लागी पनि रोक लगाइएको छ ।
यो संगै अमेरिकाको न्युयोर्क प्रान्तको केही क्षेत्रमा पनि कारोबार खुल्ला गर्ने तयारी समेत सुरु भएको छ । न्युयोर्कका गर्भनर कुमोले ग्रामीण उत्तरी काउन्टीमा केही दिनपछि कोरोबार गतिविधी सुरु गर्ने बताएका छन् । सामाजिक दुरी कायमलाई भने नियमित गरिनेछ । अहिले सम्म न्युयोर्कमा ३ लाख बढी संक्रमीत र २७ हजार बढीको ज्यान गइसकेको छ ।
कोरोनाको महामारी फैलिदै गर्दा यसरी खोल्ने तयारी गरिरहदा केही स्वास्थ्थय विश्लेषकहरुले भने यसको बिरोध गरेका छन् । यसले झनै कोरोना महामारी फैलिने बताएका छन् ।

अमेरिकामा अहिले सम्म १४ लाख ६५ हजार भन्दा बढी संक्रमीत भइसकेका छन् । यहा मृतकको संख्या ८५ हजार भन्दा माथि पुगेको छ ।

फाईल तस्वीर-एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected